×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कामना सेवा विकास बैंकको नयाँ शाखा सर्लाहीको हरिवनमा, कुल शाखा ६७ पुग्यो

काठमाडौँ – कामना सेवा विकास बैंक लि.ले आफ्नो सेवा विस्तारको क्रममा सर्लाही जिल्लाको नगरपालिकाको वडा नं ११, हरिवनमा ६७ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका सञ्चालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रूपमा कारोबार शुभारम्भ गरेको थियो । 
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले बैंकले उक्त शाखा प्रदेश नं २ को लागि तेस्रो शाखा भएको र थप शाखाहरु पनि शिघ्र संचालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भईरहेको बताउनु भयो . 
काठमाण्डौ – ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६७ वटा शाखा तथा २० वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ . साथै, बैंकले ABBS , Internet Banking , Mobile Banking , C – ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउंदै आएको तथा समय सापेक्ष आफ्नो सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ .
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: