×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंक र प्रभु लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकको सबै शाखाबाट जीबन वीमा सेवा लिन सकिने

काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेड र प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडबीच सेवा आदान प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र प्रभु लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले हस्ताक्षर गरेका थिए ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६४ वटा शाखा तथा १७ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: