×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशनबीच सम्झौता, बैंकको सबै शाखाबाट वीमा सेवा लिन सकिने

काठमाडौं – कामना सेवा विकास बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सेवा आदान प्रदान गर्ने गरि भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लाईफ इन्स्योरेन्स कर्पोरेशनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले साे पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशनको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लावाविन्त हुने बैंकले जानकारी दिएको छ ।
हाल बैंकको देशभरि ६४ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, एसएमएस् व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: