×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंकको नयाँ शाखा सप्तरीको महुलीमा, सुवेदी र बस्नेतले गरे उद्घाटन

काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं २ को सप्तरी जिल्ला, महुली गाँउपालिका वडा नं ०६ मा ६५ औं शाखा स्थापना गरेको छ । बैंकले बिहिबारदेखि आफ्नो ६५ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हो । उक्त शाखाको उद्घाटन बैंकका सञ्चालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरेका हुन् ।
सो कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा प्रदेश नं २ का प्रमुख राकेश सिंहको पनि उपस्थिति रहेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर २ को लागि दोस्रो भएको र बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा १९ वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य क्षेत्रहरूमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे बताए ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६५ वटा शाखा तथा १७ वटा एटीएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल बैंकिङ र सी–आस्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: