×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कञ्चन डेभलपमेन्ट बैंकले गर्यो आकर्षक प्रगति, खुद नाफा ६८.६८% ले वृद्धि

काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्बजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा ६८.६८% वृद्धि गरेर ३ करोड ६१ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष बैंकले २ करोड १४ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो । 
बैंकको खुद ब्याज आम्दानी ३६.४९% ले वृद्धि गरि  ११ करोड १० लाख ९२ हजार रुपैयाँ पुर्याएको छ। गत वर्ष ८ करोड १३ लाख ८९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यो त्रैमासमा सञ्चालन नाफा ५.३०% ले घटेको छ। 
यता बैंकले ४ अर्ब ६४ करोड ८५ लाख ३७ हजार रुपैयाँ निक्षेप संकलन गरि ४ अर्ब १२ लाख ३९ हजार ८९ रुपैयाँ कर्जा प्रवाह गरेको छ।  हाल बैंकको चुक्ता पुँजी ५३ करोड १३ लाख रुपैयाँ पुगेको छ भने  जगेडा कोषमा ९ करोड ९७ लाख ४० हजार रुपैयाँ जम्मा गरेको छ। 
यो त्रैमासमा बैंकको खराब कर्जा ०.८३% रहेको छ भने प्रतिसेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ७७ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: