×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट जीवन वीमा सेवा लिन सकिने

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र कञ्चन डेभलपमेन्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएसँगै कञ्चन डेभलपमेन्ट बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् ।
साथै उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु कञ्चन डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: