लाइफ इन्सुरेन्स कर्पोरेसनको सामान्य प्रगति, खुद नाफा ६.१८% ले वृद्धि हुँदा जगेडा कोषमा कति ?


काठमाडौं - लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालले आर्थिक वर्ष २०७५/७६को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ६.१८% ले वृद्धि गरि ७ करोड १७ लाख ८४ हजार २२० रुपैयाँ पुर्याएको छ । गत वर्ष यही त्रैमासमा कम्पनीले ६ करोड ७६ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीले खुद बिमा शुल्क २८.९९% ले बढोत्तरी गरि ५ अर्ब ७८ करोड २२ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ ।  गत वर्ष कम्पनीले ४ अर्ब ४८ करोड २५ लाख ३१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कम्पनीले पुनर्बिमा कमिसनबाट ६२ लाख १६हजार ८१२ रुपैयाँ आम्दानी गरेको छ ।

यो दोस्रो त्रैमासमा कम्पनीले १ अर्ब ४३ करोड ४९ लाख २७ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने २ करोड ६३ लाख ८४ हजार रुपैयाँ भुक्तानी हुन बाँकी दाबी रहेको  छ । यता कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५४ करोड ८१ लाख ५४ हजार ६१० रुपैयाँ छ ।

यसैगरी, जीवन बिमा कोषमा ४८ अर्ब ६८ करोड ७० लाख ५६ हजार १४२ रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ छ ।
प्रकाशित मिति : Wednesday, February 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal