नेप्सेमा ३ कम्पनीको ३२ लाख १८ हजार १३७ कित्ता सेयर सुचिकृत, कुनको कति ?

काठमाडौं - नेपाल स्टक एक्सचेन्जमा ३ वटा कम्पनीको सेयर सुचिकृत भएको छ । हाम्रो विकास बैंक,सिटी एक्सप्रेस फाइनान्स र नयाँ नेपाल लघुवित्त वित्तीय संस्था गरि कुल ३२ लाख १८ हजार १३७ कित्ता सेयर सुचिकृत भएको हो ।

नेप्सेमा सबै भन्दा बढी सेयर सिटी एक्सप्रेस फाइनान्सको २५ लाख कित्ता हकप्रद सेयर, नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको ६ लाख कित्ता हकप्रद सेयर र हाम्रो विकास बैंकको १ लाख १८ हजार १३७ कित्ता बोनस सेयर सूचिकृत भएका छन् ।
प्रकाशित : Thursday, February 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal