×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माछापुच्छ्रे बैंकको नयाँ एटिएम ललितपुरको पुल्चोकमा, महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरे उद्घाटन

काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर महानगरपालिकाको पुल्चोक स्थित वडा कार्यालयमा एटिएमको औपचारिक सुरुवात गरेको छ । बैंकले फाल्गुन १४ गते ललितपुर महानगरपालिका स्थित ३. नं. वडा कार्यालय परिसरमा आफ्नो एटिएम सञ्चालनमा ल्याएको हो ।
२४ घण्टा नै रकम झिक्न सकिने उक्त एटिएमको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरे । यस एटिएम को सुरुवात सँगै बैंकको कुल एटिएम सङ्ख्या ११५ पुगेको छ ।
बैंकले आ.व. २०७५/७६ को दोस्रो त्रैमास सम्ममा रु. ७८ करोड १३ लाख खुद मुनाफा आर्जन गरेको छ साथै २०७५ पुस मसान्त सम्ममा ८५ अर्व १७ करोड निक्षेप परिचालन गरी ७४ अर्व ६५ करोड कर्जा प्रवाह गरेको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखा, ६३ शाखा रहित बैकिङ १सय १५ वटा एटिएम मार्फत आफ्ना ग्राहाकलाई बैंकिङ सेवा प्रदा नगर्दै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: