×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वैदेशिक शिक्षा सम्बन्धि सेवा दिन माछापुच्छ्रे बैंकले तोक्यो छुट्टै शाखा

काठमाडौँ – माछापुच्छ्रे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुलाई छुट्टै शाखाबाट सेवा दिने भएको छ । बैंकले काठमाडौंको पुतलिसडकमा रहेको शाखालाई ‘एजुकेसन हब’ बनाएको हो । 
यो शाखाबाट विदेश अध्ययनमा जाने जो कोही विद्यार्थीले अनलाइनबाट शुल्क भुक्तानी गर्न सक्ने छन् । त्यस्तै पिटिइ, आएल्टस्, जीम्याट, जीआरई, टोफेल, स्याट, एसिटी, एसिसिए, अस्ट्रेलियन भिषा शूल्क, कलेज आवेदन, सेमिनार दर्ता, ट्रान्स्क्रिप्ट अर्डर लगायतका सुविधा यो शाखाबाट सजिलै लिन सक्ने छन् । 
बैंकले वैदेशिक शिक्षामा जानेहरुका लागि एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवा दिने व्यवस्था गरेको हो । त्यस्तै विद्यार्थीले स्टुडेन्ट बचत खाता समेत खोल्न सक्ने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: