महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता, बैंकको सबै शाखाबाट वीमा सेवा खरिद गर्न सकिने

काठमाडौँ - महालक्ष्मी विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धी सम्झौता सम्पन्नभएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सको तर्फबाट प्रमूख कार्यकारी अधिकृत रमेश कूमार भट्टराईले हस्ताक्षर गरे ।

सम्झौताअनूसार महालक्ष्मी विकास बैंकले देश भर रहेका आफ्ना १०१ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्ने छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको हो ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा र बीरगंजबाट कारोबार प्रारम्भ गरिसकेको छ । फाल्गूनभित्र बाँकी १० वटा शाखा बिर्तामोड, इटहरी, जनकपूर, लाहान, नारायणगड, बूटवल, दाङ, कोहलपूर,सूर्खेत र धनगढीबाट कारोबार संचालनको तयारी गरिरहेको छ ।
प्रकाशित : Wednesday, February 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal