×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महिला सहयात्रा माइक्रोफाइनान्सले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा २३९.९९% ले वृद्धि

काठमाडौं – महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को दास्रो त्रैमासको वित्तीय विवरण सार्बजनिक गरेको छ । सार्बजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा १ करोड २५ लाख ४९ हजार कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २३९.९९% ले धेरै हो । गत वर्ष संस्थाले ३६ लाख ९१ मात्र खुद नाफा कमाएको थियो ।
संस्थाले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: ४१.२०% र ३८२.६४% ले वृद्धि गरेको छ ।  गत वर्ष २ करोड ६० लाख १ हजार रुपैयाँ ब्याज आम्दानी गरेको संस्थाले यस त्रैमासमा बढाएर ३ करोड ६७ लाख २२ हजार रुपैयाँ पुर्याएको छ । सञ्चालन नाफा पनि ३१ लाख २९ हजार रुपैयाँबाट बढेर १ करोड ५१ लाख २ हजार रुपैयाँ पुगेको छ । 
यता संस्थाले २३ करोड ५ लाख ६ हजार रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब २ करोड ४२ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल संस्थाको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड ३१ लाख ५१ हजार रुपैयाँ छ। 
 यो दोस्रो त्रैमासमा संस्थाको खराब कर्जा २.३३%  रहेको छ भने प्रतिसेयर आम्दानी २० रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: