×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विना कारवाही मञ्जुश्री फाइनान्सको नेप्सेको सूचीकरण स्थगन फुकुवा ! धितोपत्र बोर्डको भूमिका शंकाको घेरामा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- धितोपत्र बोर्डले विना कारवाही मञ्जुश्री फाइनान्सको स्थगन भएको सूचीकरणलाई फुकुवा गर्ने आशयको पत्र नेप्सेलाई थमाएपछि अन्तत: नेपाल स्टक एक्सचेञ्जले फाइनान्सको सूचीकरण स्थगन फुकुवा गरेको छ । ७५ दिन पछी उक्त स्थगन फुकुवा भएको हो ।नेप्सेले बुधबार एक सार्वजनिक सूचना मार्फत धितोपत्र बोर्डबाट प्राप्त पत्रका आधारमा मञ्जुश्रीले समेत लेखेको पत्रलाई आधार मानी सूचिकरण स्थगन फुकुवा गरिएको जानकारी दिएको छ । मञ्जुश्रीले लाभांश सम्बन्धी सूचनामा खेलेको भन्दै मंसिर २६ गते नेप्सेले यसको सूचिकरण स्थगन गरिदिएको थियो । 
बोर्डले फागुन १० गते नेप्सेलाई मञ्जुश्रीको धितोपत्र फुकुवा गरिदिन पत्र लेखेको थियो । मञ्जुश्री फाइनान्सले पनि फागुन १३ गते स्थगन भएको सूचीकरण फुकुवा गर्न आग्रहसहितको पत्र लेखेको थियो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ९ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेकोमा पछी पुन : लाभांश दर घटाएर २.९ प्रतिशतमा झारिदिएको थियो । यो बीचमा केहि लगानीकर्ताहरु नमज्जासँग फसेको भन्दै चर्को आवाज उठेपछी नेप्सेले फाइनान्सको सूचीकरण स्थगन गरेको थियो ।
यहि प्रकरणमा मञ्जुश्रीको सूचिकरण नै खारेज गर्ने आशयसहितको सिफारिस नेप्सेले धितोपत्र बोर्ड समक्ष गरेको थियो । तर विना कारवाही मन्जुश्री फाइनान्सको सूचीकरण स्थगन फिर्ता भएपछी धितोपत्र बोर्डको भूमिकालाई शंकाको घेरामा राखेर हेरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: