मेगा बैंकको नयाँ शाखा धादिङको साँध भन्ज्याङमा, गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले गरे उद्घाटन


काठमाडौं - मेगा बैंक नेपालले धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका स्थित साँध भन्ज्याङमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त नयाँ शाखा कार्यलयको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले गरे ।

गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले ज्वालामुखी गाउँपालिकामा पहिलोपटक वाणिज्य बैंकको शाखा खुलेकोमा हर्ष व्यक्त गर्दै मेगा बैंकलाई गाउँपालिकाका तर्फबाट सक्दो सहयोग हुने बताए । राजधानीबाट नजिकै भएर पनि अहिलेसम्म ज्वालामुखी गाउँपालिकामा कुनै वाणिज्य बैंक पुगेको थिएन । मेगा बैंकको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाको विश्वास छ ।

मेगा बैंकले देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ र २३ सयभन्दा बढी मेगा रेमिट एजेण्ट मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति : Friday, February 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal