×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मिथिला लघुवित्तको खुद नाफा ४५.९५% वृद्धि हुनुमा यस्ता छन् कारणहरु

काठमाडौँ – मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा ४५.९५% वृद्धि गरि ७१ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष संस्थाले ४८ लाख ८७ हजार रुपैयामा मात्र नाफा कमाएको थियो । 
संस्थाले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: १३.७४ % र ३०.८२%  वृद्धि भएको छ। गत वर्ष २ करोड १९ लाख ७९ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको संस्थाले यस त्रैमासमा बढाएर २ करोड ४९ लाख ९९ हजार पुर्याएको छ । सञ्चालन नाफा पनि ७३ लाख १९ हजारवाट बढाएर ९५ लाख ७५ हजार पुर्याएको छ ।
यता, संस्थाले २१ करोड १६ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ करोड ८९ लाख ४८ हजार रुपैयाँ कर्जा विस्तार गरेको छ । हाल बैंकको चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड ९४ लाख ५६ हजार जम्मा भएको छ ।
यो दोस्रो त्रैमास संस्थाले खराब कर्जा ३.९२ % बाट घटाएर ३.२४% मा झारिदिएको छ । संस्थाको प्रतिसयेर आम्दानी २१ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ६५ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: