मुक्तिनाथ विकास बैंकले १८.२५% बोनस सेयर डिम्याट खातामै पठाउँदै, नपाउनेले के गर्ने ?


काठमाडौँ - मुक्तिनाथ विकास बैंकले १८.२५% बोनस सेयर सेयरधनीको खातामा पठाइदिएकोे छ । मंसिर १७ गतेसम्म सेयर डिम्याट गरेका सेयरधनीलाई १८.२५% बोनस सेयर जम्मा गरिएको बैंकले जनाएको छ । मंसिर १७ गतेपछि सेयर अभौतिकराण गराएका सेयरधनीको बोनस पनि क्रमशः जम्मा गरिने भएको छ ।

मुक्तिनाथको मंसिर २९ मा सम्पन्न वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट १८.२५% बोनस र ०.९६% नगद गरी जम्मा १९.२१% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रकाशित : Tuesday, February 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal