×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसी बैंकको खुद नाफा ३९.८३% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – एनसीसी बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ३९.८३% ले वृद्धि गरि ७४ करोड ११ लाख ७५ हजार रुपैयाँ पुर्याएको छ ।गत वर्ष बैंकले ५३ करोड १९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यता बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: ११७.८५% र ३६.८६% वृद्धि भएको छ ।  गत वर्षको ६७ करोड २६ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको बैंकले यस वर्ष बढाएर १ अर्ब ४६ करोड ५४ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । यस्तै, सञ्चालन नाफा १ अर्ब ३४ करोड ११ लाख ११ हजार रुपैयाँबाट बढाएर १ अर्ब ८३ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ । 
यो दोस्रो त्रैमासमा बैंकले ६४ अर्ब ७१ करोड ७८ लाख रुपैयाँ निक्षेप संकलन गरेर ५८ अर्ब ४४ करोड २३ लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ५ हजार ५९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष ४ अर्ब १७ करोड ९३ लाख रुपैयाँ जम्मा भएको छ । 
बैंकको खराब कर्जा ३.५३% रहेको छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५५ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: