एनसिसि बैंक र ब्लु क्रस अस्पतालबीच सम्झौता, बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ब्लु क्रस अस्पताल तर्फवाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार, नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरुले ब्लु क्रस अस्पतालका सेवाहरूमा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
प्रकाशित : Sunday, February 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal