एनसीसी बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौं - एनसीसी बैंक र नेपाल क्यान्सर अस्पताल र अनुसन्धान केन्दबीच उपचार शुल्क सम्बन्धि सम्झौता भएको छ । हरिसिद्धि, ललितपुरमा रहेको उक्त अस्पतालमा बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको हो ।

बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल क्यान्सर अस्पताल तर्फवाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार, एनसीसी बैंकका कर्मचारी तथा ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालका सेवाहरुमा विशेष छुट पाउने व्यवस्था रहेको छ ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२२ वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभरि हाल ७४ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
प्रकाशित : Friday, February 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal