×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एनआईसी एशिया बैंकले रेमिट मार्फत विप्रेषण कारोबारमा निःशुल्क गर्दै

काठमाडौं – एनआईसी एशिया बैंकले रेमिट मार्फत विप्रेषण कारोबारमा निःशुल्क गर्ने भएकाे छ । एनआईसी एशिया बैंकले स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहकलाई उच्चतम सेवा दिन बैंककाे रेमिट मार्फत विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने आर्कषक योजना सार्वजनिक गरेको छ ।
यस अवधिमा बैंकको ग्राहक तथा कुनै पनि व्यक्तिले एनआईसी एशिया रेमिट मार्फत नेपाल भरी आन्तरिक विप्रेषण कारोबार गर्दा यो सुविधा प्राप्त हुनेछ । एनआईसी एशिया रेमिट मार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्युनशुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहक अझ बढि लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।
बैंकका मुलुकभर २७६ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर, २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । बैंकको वासलातको आकार रु २१९ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७६ अर्ब तथा कुलकर्जा करिब रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित गरेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५०हजार रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: