×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि बैंकले पायो ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने अनुमति, क-कसले पाउँछ भर्न ?

काठमाडौं : एनएमबि बैंकले ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । उक्त ऋणपत्र जारी गर्नको लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । बैंकले १ हजार रुपैयाँ दरको  ३० लाख कित्ता ‘१०% एनएमबि डिबेन्चर २०८५’ जारी गर्न लागेको हो । यसमध्ये १२ लाख कित्तामा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न अनुमति प्राप्त गरेको हो ।
एनएमबिको ऋणपत्र निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ । यो रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ । एनएमबि बैंकले यो ऋणपत्रमा वार्षिक १०% ब्याजदर दिनेछ । एनएमबि बैंकले हालै १०% बोनस सेयर र २०% नगद लाभांश दिएको थियो । बोनस सेयर वितरणपछि बैंकले पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: