×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ङादी ग्रुप पावरको खुद नाफामा २३.०४% को गिरावट हुनुमा यस्तो छ खास कारण

काठमाडौं – ङादी ग्रुप पावरले आथिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा १ करोड ८ लाख ९ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २३.०४% थोरै हो । गत वर्ष कम्पनीले १ करोड ४० लाख ४७ हजार ६१७ रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, कम्पनीको सञ्चालन नाफा पनि ९.८२% ले गिरावट आएको छ । गत वर्ष ३ करोड ३ लाख ५६ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो त्रैमासमा घटेर २ करोड ७३ लाख ७२ हजार रुपैयाँमा खुम्चिएको छ । 
कम्पनीले बिजुली बेचेर ३ करोड ११ लाख २० हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष बिजुली बिक्रीबाट ३ करोड ४३ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको थियो । यस कम्पनीको सेयर पुँजी ५३ करोड ५५ लाख ५४ हजार ८०० रुपैयाँ छ । 
यता, जगेडा कोषमा ४ करोड २० लाख २२ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ०७ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ८५ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: