×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय सहकारी बैंकको खुद नाफा २६.४०% वृद्धि, खुद ब्याज आम्दानी कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय सहकारी बैंकको खुद नाफा २६.४०% वृद्धि, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – राष्ट्रिय सहकारी बैंक लि.ले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा १५ करोड ३५ लाख रुपैयाँ कमाएको छ। यो नाफा गत बर्सको तुलनामा २६.४०% ले धेरै हो । गत वर्ष बैंकले यहि अवधिमा खुद नाफा १२ करोड १५ लाख रुपैयाँ कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ३४.१५%ले बढोत्तरी गरी ३८ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ ।बैंकको सञ्चालन नाफा ७१.८७% वृद्धि गरी १६ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
यता बैंकले  १८ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ निक्षेप संकलन गरी १४ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब २९ करोड ८२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५० करोड ३५ लाख रुपैयाँ जम्मा भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: