×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेको इन्सुरेन्सले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ४६.१७% ले वृद्धि

काठमाडौं – नेको इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ४६.१७% ले वृद्धि गरि १७ करोड ३ लाख १९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले ११ करोड ६५ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले खुद बिमा शुल्क २५.७०% ले बढाएर ६० करोड ६१ लाख २५ हजार रुपैयाँ पुर्याएको छ भने कुल ४२ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने ३२ करोड ८८ लाख रुपैयाँ छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ रहेको छ । बिमा कोषको आकार पनि ५८.६०% ले बढेर ५४ करोड ३४ लाख ४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बिमा कोषको आकार ३४ करोड २६ लाख १८ हजार रुपैयाँको थियो । 
यता कम्पनीको प्रतिसेयर आम्दानीमा २८ रुपैयाँ ९६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ९३ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: