नेपाल बङ्गलादेश बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौँ - नेपाल बङ्गलादेश बैंक र नेपाल क्यान्सर अस्पताल,हरीसिद्धी ललितपुरबीच सम्झौता भएको छ । उक्त अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भुषण श्रेष्ठ र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरे । 

सम्झौता अनुसार नेपाल क्यान्सर अस्पतालले नेपाल बङ्गलादेश बैंक लि.द्वारा जारी भएका डेविट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्वारा प्रदान गरिने विभिन्न सेवामा ५ - १० प्रतिशतसम्म छुट प्रदान गर्ने जनाइएको छ । उक्त सम्झौंताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।
प्रकाशित : Monday, February 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal