×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बंगलादेश बैंकले गर्यो आकर्षक प्रगति, खुद नाफा ६९.५३% वृद्धि

काठमाडौं – नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७५/२६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले खुद नाफा ६९.५३% वृद्धि गरि ७९ करोड ३३ लाख ९ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले ४६ करोड ७९ लाख २० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
 
बैंकको खुद ब्याज आम्दानी ६८.७८% ले बढोत्तरी गरेर १ अर्ब ३९ करोड ६५ लाख ४१ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष ८२ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता बैंकले सञ्चालन नाफा ५८.५०% बढोत्तरी गर्दै १ अर्ब ५ करोड १७ लाख ५ हजार रुपैयाँ पुर्याएको छ । 
बैंकले ५२ अर्ब ४७ करोड १६ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ ऋर्ब ४० करोड ३४ लाख ५७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८ करोड ८२ लाख ९९ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ५१ करोड २४ लाख ९० हजार रुपैयाँ छ ।
बैंकको खराब कर्जा १.७८% रहेको छ भने प्रतिसेयर आम्दानी १९ रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४३ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: