×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल बैंकले खोल्यो पाँच वटा प्रदेशमा प्रादेशिक कार्यालय, कुनको कहाँ ?

काठमाडौँ – नेपाल बैंकले संगठनात्मक संरचनालाई संघीय ढांचामा रुपान्तर गर्ने क्रममा प्रदेश १ को विराटनगर, प्रदेश २ को वीरगंज, प्रदेश ३ को काठमाडौं , गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को वुटवलमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । 
त्यसैगरि बैंकले कर्णली प्रदेश र सुदूरश्चिम प्रदेशमा पनि प्रादेशिक कार्यालय स्थापनाको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । हाललाई कर्णाली प्रदेशको सम्पर्क कार्यालय नेपाल बैकको वीरेन्द्रनगर शाखा र सुदूरश्चिम प्रदेशको सम्पर्क कार्यालय नेपाल बैकको शाखा कार्यालय धनगढी मार्फत प्रादेशिक व्यवस्थापनको व्यवस्था मिलाईएको बताएको छ ।
हाल बैंकले ६० जिल्लामा १५७ शाखा ११ वटा एक्सटेन्सन काउन्टर मार्फत १५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष बैकिङ सेवा उपलव्ध गराउंदै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: