×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको ६.४२% नगद लाभांश सेयरधनीको खातामा, नपाएकाले के गर्ने ?

काठमाडौं – नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले सेयरधनीको खातामा ६.४२% नगद लाभांश जम्मा गरिदिएको छ । उक्त लाभांश बैंकले माघ १८ गतेसम्म डिम्याट खातामा बैंक खाता अध्यावधिक गराएकाहरुको मात्र जम्मा गरीदिएको हो । यस्तै, बैंकले माघ १८ गतेभन्दा पछि डिम्याट खातासँग बैंक खाता अध्यावधिक गर्नेहरुको पनि खातामै नगद जम्मा गरिदिने तयारी गरेको जनाएको छ । 
हालसम्म पनि डिम्याट नगरेकालाई भने बैंकले तत्काल सेयर डिम्याट गर्न आग्रह गरिएको छ । यसका लागि लगानीकर्ताले आफ्नो खाता भएको कुनै पनि बैंक तथा वित्तीय संस्था वा अन्य निक्षेप सदस्यमा गएर डिम्याट खाता खोल्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: