×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल लाइफ इन्सुरेन्सको खुद नाफा २८ करोड ५ लाख २६ हजार १२१ रुपैयाँ, प्रति सेयर आम्दानी कति ?

काठमाडौं – नेपाल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा २८ करोड ५ लाख २६ हजार १२१ रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ०.३०% मात्र धेरै हो । गत वर्ष कम्पनीले २७ करोड ९६ लाख ८० हजार ६११ रुपैयाँ खुद नाफा कमाएको थियो । 
यता, कम्पनीको जीवन बिमा कोषको आकार भने २४.३३% ले वृद्धि गरी ५६ अर्ब ७३ करोड ८३ लाख ८७ हजार ७९६ रुपैयाँ पुर्याइएको छ । कम्पनीले १० अर्ब ४७ करोड ५४ लाख ७६ हजार १९१ रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।
यो दोस्रो त्रैमाससम्ममा पुनर्बिमा कमिशन आय पनि ४६ लाख रुपैयाँबाट बढेर १ करोड ५१ लाख ८१ हजार ९५३ रुपैयाँ पुगेको छ भने कुल ५ अर्ब २० करोड ५४ हजार ९४० रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कुल दाबी भुक्तानी हुन बाँकी रकम १ अर्ब ७८ करोड ३९ लाख ८१ हजार रुपैयाँ छ ।
 हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६४८ रुपैयाँ छ भने जगेडा कोषमा ३ अर्ब ७३ करोड ६१ लाख ७० हजार २८६ रुपैयाँ जम्मा गरेको छ । महाविपत्ति जगेडा कोषमा ३७ करोड ११ लाख ६ हजार ११३ रुपैयाँ छ ।  कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ३८ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: