×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल टेलिकमको खुद नाफा १५.२५% ले गिरावट, यस्तो छ अन्य सुचकको अवस्था

काठमाडौं – नेपाल टेलिकमले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ६ अर्ब ३४ करोड १४ लाख २० हजार ६९४ रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १५.२५% कम हो । गत वर्ष टेलिकमले ७ अर्ब ४८ करोड २८ लाख १४ हजार ५७० रुपैयाँ खुद नाफा कमाएको थियो । 
कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ जगेडा कोषमा ९९ अर्ब ९९ करोड ९९ लाख ४१ हजार ५६६ रुपैयाँ जम्मा रहेको छ । गत वर्ष जगेडा कोषमा ७५ अर्ब ३४ करोड ५० लाख रुपैयाँ रहेको थियो । 
कम्पनीको दूरसञ्चार लगायतका प्रविधि सेवा बिक्रीबाट हुने आम्दानी घट्दा समग्र नाफा प्रभावित भएको हो । गत वर्ष सेवा बिक्रीबाट २२ अर्ब ३६ करोड ९९ लाख १६ हजार रुपैयाँ आम्दानी गरेकामा यसपटक त्यो खुम्चिएर २१ अर्ब ७१ करोड २४ लाख ४२ हजार ६२१ रुपैयाँमा आइपुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८४ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ ७०६ रुपैयाँ ६७ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: