×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेरुडे लघुवित्तको ६८.२०% वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – नेरुडे लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्बजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाले खुद नाफा ६८.२०% वृद्धि गरेको छ । गत वर्ष २ करोड २७ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले यो त्रैमासमा वृद्धि गरेर  ३ करोड ८१ लख ८५ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । 
नेरुडेको खुद ब्याज आम्दानी १९.६०% वृद्धि गरेर १८ करोड १ लाख ९५ हजार रुपैयाँ पुर्याएको छ। गत वर्ष १५ करोड ६ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यस त्रैमासमा सञ्चालन नाफा ६३.६२% बढोत्तरी गरेर ६ करोड ५ हजार रुपैयाँ पुर्याइएको छ । 
बैंकले १ अर्ब ७१ करोड ८ लाख १ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ३९ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ३४ करोड ५७ लाख ८० हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ४१ करोड ९० लाख १५ हजार रुपैयाँ छ । 
यता खराब कर्जा १.८१% रहेको छ भने प्रतिसेयर आम्दानी २२ रुपैयाँ ०९ पैसा र प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ २८ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: