×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्धन उत्थान लघुवित्तको खुद नाफा २३.६८% वृद्धि, खुद ब्याज आम्दानी कति ?

काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६को वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद ३३ करोड ३२ लाख २७ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको यहि अवधिको तुलनामा २३.६८% ले धेरै हो । गत आर्थिक संस्थाले २६ करोड ९४ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी २४.३७% वृद्धि गरि ७६ करोड ९२ लाख ३६ हजार रुपैयाँ पुर्याएको छ । यसैगरी, सञ्चालन नाफा ५१ करोड ७६ लाख ३७ हजार रुपैयाँ रहेको छ । 
यता संस्थाले ९ अर्ब ६८ करोड ७४ लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ९ करोड १७ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । हाल संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब १४ करोड ९२ लाख २६ हजार रुपैयाँ जम्मा गरेको छ । 
 यो दोस्रो त्रैमासमा संस्थाको खराब कर्जा अनुपात १.०९% रहेको छ भने प्रतिसेयर आम्दानी ५५ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ७७ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: