×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओम डेभलपमेन्ट बैंकको ‘सिएसआर’: विभिन्न सामुदायिक विद्यालयलाई छात्रवृत्ति प्रदान

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

ओम डेभलपमेन्ट बैंकको ‘सिएसआर’: विभिन्न सामुदायिक विद्यालयलाई छात्रवृत्ति प्रदान

काठमाडौं – ओम डेभलपमेन्ट बैंकले विभिन्न सामुदायिक विद्यालयमा छात्रवृत्ति प्रदान गरेको छ । गोरखा नगपालिका वडा नं. ६ दरवारमार्गमा रहेको श्री महेन्द्र ज्योति माध्यामिक विद्यालयको ५८ औ वार्षिक उत्सव तथा अभिभावक समारोहमा उक्त विद्यालयकी कक्षा ११ की छात्रा संजिता वयलकोटीलाई ५ हजार नगद र स्टेशनरी प्रदान गरेको हो । सो सामाग्री उक्त शाखाका प्रवन्धक केशव रेग्मीले प्रदान गरेका थिए । 
त्यसैगरी गोरखा नगरपालिका वडा नं. ९ मा रहेको श्री महालक्ष्मी माध्यामिक विद्यालयको ४३ औ वार्षिक उत्सव तथा अभिभावक समारोहमा उक्त विद्यालयकी कक्षा ९ की छात्रा समिना भण्डारीलाई ५ हजार र स्टेशनरी प्रदान गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाँउमा वित्तिय साक्षरताका कार्यक्रम गर्दै आएको छ । हाल बैंकले ५३ शाखा कार्यालय, १९ एटिएम तथा १ शाखा रहित बैंकिङ ईकाइ मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: