ओम डेभलपमेन्ट बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ - पोखराको ओम डेभलपमेन्ट बैंकले मेरिट पोखराको सहकार्यमा पोखरा र तनहुंमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति कास्कीका सभापति बैन बहादुर अधिकारीको प्रमुख आतिथ्यमा भएको वित्तीय साक्षरता कार्यक्रममा ताल बराही मा.वि., एस ओ एस र जुनियर सिटिजन्स ऐकेडेमीका गरी करिव १ सय ५० जना बिधार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका मुख्य व्यवस्थापक पोमनाथ गौतम, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र वित्तीय साक्षरता सम्बन्धि अन्तर्राष्ट्रिय प्रशिक्षक प्रकाश कोइरालाले वित्तीय क्षेत्रसँग सम्बन्धित बिबिध विषयमा प्रकाश पारेको बताइएको छ । कार्यक्रममा बैंकबाट हुने कर्जा प्रवाह, नगदको सुरक्षा, बचत लगायतका बिषयमा जानकारी दिइएको थियो । 

त्यस्तै बैंकले खैरेनीटार मा.वि. तनहुँका ११ र १२ कक्षामा अध्ययनरत विधार्थीहरुलाई पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । 
प्रकाशित : Tuesday, February 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal