×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओम डेभलपमेन्ट बैंकद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ – पोखराको ओम डेभलपमेन्ट बैंकले मेरिट पोखराको सहकार्यमा पोखरा र तनहुंमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति कास्कीका सभापति बैन बहादुर अधिकारीको प्रमुख आतिथ्यमा भएको वित्तीय साक्षरता कार्यक्रममा ताल बराही मा.वि., एस ओ एस र जुनियर सिटिजन्स ऐकेडेमीका गरी करिव १ सय ५० जना बिधार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका मुख्य व्यवस्थापक पोमनाथ गौतम, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र वित्तीय साक्षरता सम्बन्धि अन्तर्राष्ट्रिय प्रशिक्षक प्रकाश कोइरालाले वित्तीय क्षेत्रसँग सम्बन्धित बिबिध विषयमा प्रकाश पारेको बताइएको छ । कार्यक्रममा बैंकबाट हुने कर्जा प्रवाह, नगदको सुरक्षा, बचत लगायतका बिषयमा जानकारी दिइएको थियो । 
त्यस्तै बैंकले खैरेनीटार मा.वि. तनहुँका ११ र १२ कक्षामा अध्ययनरत विधार्थीहरुलाई पनि वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: