प्रभु बैंकले फागुन १९ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : प्रभु बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : फागुन १९ गते

विवरण : 
प्रभु बैंकको सत्रौ वार्षिक साधारण सभा फागुन १९ गते हुने भएको छ । सभाका लागि बैंकले फागुन ६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ ।

पेस गर्ने प्रस्तावहरु :
८% बोनस दिने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने 
सेयरधनीको स्वामित्व परिवर्तन गरेर संस्थापकको ५५% र सर्वसाधारण सेयरधनीको ४५% बनाउने
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने

एजिएम हुने स्थान र समय :
बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा दिउसो १ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : १ अर्ब ४ करोड १८ लाख १५ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २५ रुपैयाँ ३१ पैसा 
प्रतिसेयर नेटवर्थ : १६८ रुपैयाँ ३ पैसा
प्रकाशित मिति : Sunday, February 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal