×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रभु लाइफ इन्सुरेन्स उकालो लाग्न असफल, खुद नाफा २६.१९% ले गिरावट

काठमाडौं – प्रभु लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा २ करोड ७४ लाख ६५ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा २६.१९% ले कम हो । गत वर्ष कम्पनीले ३ करोड ७२ लाख ११ हजार ५८० रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले खुद बिमा शुल्क भने ११ करोड १९ लाख ४१ ह्जार रुपैयाँबाट बढाएर १४ करोड ८७ लाख ६४ हजार १८० रुपैयाँ पुर्याएको छ । चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको यस कम्पनीको रिजर्भ कोषमा ६ करोड ३० लाख १३ हजार रुपैयाँ छ ।
प्रभु लाइफले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारीमा लागेको छ । गत जेठ १० गते सम्पन्न साधारण सभाले ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ । 
जीवन बिमा कोषको आकार पनि ८५ लाख २० हजार ८३८ रुपैयाँबाट बढाएर १७ करोड ३९ लाख ९२ हजार ७४४ रुपैयाँ पुर्याउन पनि कम्पनी सफल भएको छ । प्रभुले महाविपत्ति कोषमा ३९ लाख १९ हजार ३८० रुपैयाँ राखेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: