×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रिमियर इन्सुरेन्सको खुद नाफा ८.७९% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमडौं – प्रिमियर इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ८.७९% ले बढोत्तरी गरि ५ करोड ८८ लाख ६० हजार रुपैयाँ कमाएको छ । गत वर्ष कम्पनीले ५ करोड ४१ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले खुद बिमा शुल्क ४१ करोड ५९ लाख ७२ हजार रुपैयाँ  आर्जन गरेको छ । गत वर्ष ४० करोड ७८ लाख ९२ हजार रुपैयाँ मात्र बिमा शुल्क आर्जन भएको थियो । यता, पुनर्बिमा कमिसनबाट ९ करोड ९४ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले कुल ५४ करोड ८६ लाख ८८ हजार रुपैयाँ  दाबी भुक्तानी गरेको छ भने   ९६ करोड ९७ लाख २६ हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेकोछ । हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ४० लाख रुपैयाँ रहेको भने जगेडा कोषमा ६० करोड १० लाख ५३ हजार रुपैयाँ छ । रिजर्भ कोष गत वर्ष भन्दा १९४.९०% ले बढेको हो । 
यो दोस्रो त्रैमासमा बिमा कोषको आकार पनि ३६ करोड ७४ लाख ८३ हजारबाट बढाएर ४३ करोड १ लाख ३४ हजार रुपैयाँँ पुर्याएको छ । कम्पनीले प्रतिसेयर आम्दानी २० रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ भने २८३ रुपैयाँ २४ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: