×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दोस्रो त्रैमासमा प्रुडेन्सियल इन्सुरेन्सको सामान्य प्रगति : खुद नाफा ८.८०% ले वृद्धि

काठमाडौं – प्रुडेन्सियल इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ८.८०% ले वृद्धि गरि ६ करोड ८३ लाख ९० हजार रुपैयाँ कमाएको छ । गत वर्ष कम्पनीले खुद नाफा ६ करोड २८ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीले खुद बिमा शुल्क ४.१६% वृद्धि गरि २५ करोड १ लाख १४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष खुद बिमा शुल्क आर्जन २४ करोड १ लाख २४ हजार रुपैयाँ थियो । यता, दोस्रो त्रैमाससम्ममा १० करोड ९ लाख ८२ हजार रुपैयाँ पुनर्बिमा कमिसनबाट आम्दानी गरेको छ ।
कम्पनीले ३५ करोड १२ लाख ४२ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी दाबी रकम ८४ करोड ६४ लाख ४१ हजार रुपैयाँ छ । कम्पनीले चुक्ता पुँजी गत वर्ष भन्दा ५०% ले बढाएर ६४ करोड १५ लाख २० हजार रुपैयाँ पुर्याएको छ । चुक्ता पुँजी गत वर्ष ४२ करोड ७६ लाख ८० हजार रुपैयाँ थियो ।
कम्पनीको रिजर्भ कोषमा २१ करोड ११ लाख ४० हजार रुपैयाँ छ । यता, बिमा कोषमा १४% वृद्धि भएर ४३ करोड ९८ लाख ३ हजार रुपैयाँ जम्मा भएको छ । प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३२ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ४७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: