×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आरएसडीसी लघुवित्तले गयो लोभलाग्दो प्रगति, खुद नाफा १२१.८३% वृद्धि

काठमाडौं – आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद नाफा १२१.८३% वृद्धि २ करोड ८४ लाख ६९ हजार रुपैयाँ कमाएको छ । गत वर्ष संस्थाले १ करोड २८ लाख ३८ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमस: ११७.४९% र १११.०२% वृद्धि भएको छ।  संस्थाले गत वर्षको खुद ब्याज आम्दानी २ करोड ५५ लाख ४८ हजार रुपैयाँबाट बढाएर यो दोस्रो त्रैमासमा ५ करोड ५६ लाख ७४ हजार रुपैयाँ पुर्याएको छ । संस्थाको सञ्चालन नाफा ४ करोड २५ लाख २० हजार रुपैयाँ पर्याएको छ ।
आरएसडीसीको चुक्ता पुँजी ६३ करोड ३५ लाख १२ हजार रुपैयाँ छ । गत बर्ष चुक्ता पुँजी ३४ करोड ३ लाख ७८ हजार रुपैयाँ थियो । कम्पनीले रिजर्भ कोषमा आकर्षक वृद्धि गरेको छ । गत वर्ष ८५ लाख १४ हजार रुपैयाँ मात्र रहेको रिजर्भ कोषमा सुधार गरी अहिले १३ करोड ३५ लाख २६ हजार रुपैयाँ जम्मा गरेको छ । यसको प्रतिसयर आम्दानी ८ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: