×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राधी विद्युत कम्पनीको भएन प्रगति, खुद नाफा ४.९३% ले गिरावट

काठमाडौं – राधी विद्युत कम्पनीले आर्थिक वर्ष२०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीले ३ करोड ५९ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ४.९३% कम  हो । गत वर्ष कम्पनीले ३ करोड ७८ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले विद्युत बिक्रीबाट १.९०% वृद्धि गरि ८ करोड १० लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष विद्युत बिक्रीबाट कम्पनीले ७ करोड ९५ लाख ४३ हजार ३६ रुपैयाँ आम्दानी गरेको थियो । अन्य श्रोतबाट हुने आम्दानी पनि ७ लाख २५ हजार रुपैयाँबाट बढेर २५ लाख ९१ हजार रुपैयाँ पुगेको छ । 
कम्पनीको सञ्चालन खर्च ७३ लाख ९६ हजार ३५ रुपैयाँ र प्रशासनिक खर्च ८६ लाख २६ हजार १४० रुपैयाँ रहेको उल्लेख गरेको छ । चुक्ता पुँजी ४५ करोड १० लाख ४ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १२ करोड ७३ लाख ४९ हजार ६२५ रुपैयाँ रहेको छ । यस्तै, प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ २४ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: