राष्ट्रिय बिमा कम्पनीको खुद नाफामा ५४.७९% ले ह्रास, ह्रास हुनुमा के छ कारण ?

काठमाडौं - राष्ट्रिय बिमा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा १६ करोड ८४ लाख ५१ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५४.७९% ले घटेको छ।  गत वर्ष कम्पनीले ३७ करोड २५ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीले कर्जा तथा अन्य लगानीबाट गत वर्ष ४२ करोड ४८ लाख ५७ हजार रुपैयाँ आम्दानी गरेको थियो । तर यस्तो आम्दानी अहिले १३ करोड २८ लाख ४८ हजार रुपैयाँमा खुम्चिएको छ । यस्तै, गत वर्ष आयकरमा ५७ लाख २९ हजार रुपैयाँ मात्र खर्च गरेको यस इन्सुरेन्सले अहिले आयकरका लागि ७ करोड ७४ लाख ६३ हजार रुपैयाँ व्यवस्था गरेको छ ।

कम्पनीले २५ करोड ६७ लाख २५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । पुनर्बिमा कमिसनबाट १२ करोड ६४ लाख २९ हजार रुपैयाँ आम्दानी भएको छ । कम्पनीले कुल ४ करोड ४ लाख ९० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

 कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा २ अर्ब १५ करोड ४८ लाख ८० हजार रुपैयाँ रहेको छ ।  बिमा कोषमा पनि १ अर्ब ४३ करोड ६५ लाख ४९ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२६ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ ९०८ रुपैयाँ १६ पैसा छ । गत वर्ष यसै अवधिमा प्रतिसेयर आम्दानी १३९ रुपैयाँ ७० पैसा थियो ।
प्रकाशित : Wednesday, February 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal