×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रेयमण्डको छैटौं शोरुम जावलाखेलमा

काठमाडौँ – विश्वप्रसिद्ध सटिङ्ग सुटिङ्ग ब्राण्ड Raymondले नेपालमा आफ्नो छैटौं शोरुम ललितपुरको जावलाखेलमा आज एक कार्यक्रमका विच शुभारम्भ गरेको छ । 
नयाँ शोरुममा टेलरिङ्ग सेवा बाहेक रेयमण्ड ब्राण्डका सर्ट, टाइ, इनर वेयर जस्ता सामाग्रीहरु उपलब्ध छ । त्यसै गरि यस शोरुम ग्राहकले आफ्नो इच्छा र चाहाना अनुसार रु.८, ४९९ देखि रु. ५ लाख सम्म पर्ने च्बथmयलम को सुटहरु खरिद गर्न सक्नु हुनेछ । 
यस ब्राण्डका कपडाहरुमा खुम्चीने समस्या नआउनुका साथै चर्को घामको किरणले समेत कुनै असर नपार्ने ( पराबैजनी किरणले ) अत्याधुनिक बिशेषताहरुले गुणस्तरिय भएको सोरुमले जनाएको छ । 
यसले प्रयोग गर्ने कपडाहरुमा कसमिरि , महेर , आन्गोरा जस्ता उच्च कोटिका कपडाहरु प्रयोग गरी तयार पारिएका च्बथmयलम का उत्पादनहरु अन्य ब्राण्डको उत्पादन भन्दा स्तरिय , उच्च गुणस्तरको तथा टिकाउ र सर्वसुलभ भएको रेयमनले जनाएको छ । 
सटिङ्गसुटिङ्गमा साथै रेयमेयण्ड ब्राण्डमा प्रयोग हुने सामाग्री मेरीनो उल्लबाट ल्याइन्छ भने उल्ल मार्क कम्पनीबाट यसले गुणस्तर चिन्ह प्राप्त गरेको छ । 
रेयमण्डका अध्यक्ष संजय अधिकारी आफ्नो ब्राण्डका पहिरनमा गुणस्तरको ग्यारेन्टी हुनुका साथै यसको निश्चित मूल्य भएको बताउनु हुन्छ । त्यसैले उपभोक्ताहरुलाई उहाँ यस ब्राण्डको प्रायोगबाट ठगिने आशंकाबाट ढुक्क भइ रेयमण्ड खरिद गर्न सक्ने बताए । 
नेपालको पुतली सडकमा रेयमण्ड ब्राण्डको आधिकारीक शोरुम पहिलो पटक सन १९९९ मा संचालनमा आएको हो । जाउलाखेलमा नयाँ खोलिएकोे आउटलेट सहित रेयमण्डका ब्राण्र्डहरु देशका विभिन्न पाँच स्थान दवारमार्ग, न्यूरोड, त्रिपुरेश्वर र नारायण घाटमा रहेका छन् । साथै यसले दृशका विभिन्न शहरहरुमा आफ्ना ब्राण्डहरु शाखाहरु विस्तार गर्ने योजनामा रहेको जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: