×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सगरमाथा इन्सुरेन्सको खुद नाफा २०.८०% वृद्धि हुँदा अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौं – सगरमाथा इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा २०.८०% वृद्धि गरी ८ करोड ४८ लाख ९४ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यसै अवधिमा संस्थाले ७ करोड २ लाख ७२ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।
कम्पनीले खुद बिमा शुल्क १३.८७% वृद्धि गरि ५१ करोड ९९ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष ४५ करोड ६६ लाख ४८ हजार रुपैयाँ खुद बिमा शुल्क कमाएको थियो । कम्पनीले पुनर्बिमा कमिसनबाट १५ करोड ७ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले २४ करोड ५१ लाख १३ हजार रुपैयाँ खुद दाबी भुक्तनी गरेको छ भने दाबी रकम ८१ करोड ७९ लाख ७१ हजार रुपैयाँ भक्तानी हुन बाँकी रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ८२ लाख ९२ हजार रुपैयाँ रहेको छ ।
यो कम्पनीले जगेडा कोषमा ६१ करोड २८ लाख ३२ हजार रुपैयाँ जम्मा पारेको छ । बिमा कोषमा ४८ करोड ८७ लाख ९१ हजार रुपैयाँ जम्मा भएको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५४ पैसा रहेको सगरमाथाको प्रतिसेयर नेटवर्थ ३१९ रुपैयाँ ६२ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: