×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सहारा विकास बैंकको खुद नाफा ३५.२१% वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ?

काठमाडौ – सहारा विकास बैंकले आर्थिक वर्ष  २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकको खुद नाफा ३५.२१% वृद्धि गरि १ करोड १५ लाख ४३ हजार रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले खुद नाफा ८५ लाख ८७ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो ।
बैंकले खुद ब्याज आम्दानी १ करोड ५६ लाख ५८ हजार रुपैयाँमा आर्जन गरेको छ । यो आम्दानी गत वर्षको तुलनामा ५.६६% ले कम हो। गत वर्ष बैंकले १ करोड ६५ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकले सञ्चालन नाफा १ करोड १५ लाख ४३ हजार रुपैयाँँ पुगेकोे छ । 
यो दोस्रो त्रैमासमा बैंकले ६८ करोड ८४ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ५९ करोड ३४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पुँजी १६ करोड ३३ लाख ६६ हजार रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ४ करोड ७० लाख ५० हजार रुपैयाँ छ । 
बैंकको खराब कर्जा १.३६% रहेको छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५ पैसा र प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ३० पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: