सांग्रिला डेभलपमेन्ट बैंक र ग्राण्डी हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत

काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । 

सम्झौता पत्रमा बैंकको तर्फबाट कर्जा तथा मार्केटिङ्ग विभाग प्रमुख निर्मल कुमार श्रेष्ठ र हस्पिटलको तर्फबाट मार्केटिङ्ग तथा व्यापार विकास विभागका उज्वल रेग्मीले हस्ताक्षर गरेका हुन् । 

सम्झौता पश्चात सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा बैंकका ८० वटा शाखाका भिसा डेविट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ग्राण्डी हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन ।
प्रकाशित मिति : Friday, February 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal