सानिमा माई हाइड्रोपावरको खुद नाफा ५.०३% वृद्धि, अन्य सुचकको कस्तो छ अवस्था ?


काठमाडौं - सानिमा माई हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीले खुद नाफा ५.०३% वृद्धि गरि २२ करोड ९६ लाख ६३ हजार ९११ रुपैयाँ कमाएको छ ।  गत वर्ष २१ करोड ८६ लाख ५६ हजार ६९८ रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी पनि ३.८६% ले बढाएर ४७ करोड ४७ लाख ८३ हजार ४५४ रुपैयाँ पुर्याएको छ । गत वर्ष सानिमाले विद्युत बिक्रीबाट ४५ करोड ७३ लाख ७२ हजार ८२१ रुपैयाँ आम्दानी गरेको थियो ।

हाल कम्पनीको सेयर पुँजी २ अर्ब ३२ करोड १० लाख रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा भने ४६ करोड ३८ लाख २ हजार ७२० रुपैयाँ रहेको छ । कम्पनी प्रतिसेयर आम्दानी १० रुपैयाँ ८८ पैसा छ । यसको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ९९ पैसा रहेको छ ।
प्रकाशित : Sunday, February 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal