×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सानिमा बैंकको नयाँ शाखा कान्तिपथ र गठ्ठाघरमा, कुल शाखा ७६ पुग्यो

काठमाडौं – सानिमा बैंकले काठमाडौंको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा ७५ र ७६ औं शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धकका वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा विस्तार गर्दै जाने नीति लिएको बताए ।
त्यसै गरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालासम्म गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए । सानिमा बैंकको हाल देशभरि ७६ वटा शाखा संजाल तथा ७२ वटा एटिएम रहेका छन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: