शिखर इन्सुरेन्सको खुद नाफा ७.७९% ले वृद्धि, प्रति सेयर आम्दानी कति ?

काठमाडौं - शिखर इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ७.७९% ले बढोत्तरी गरि २१ करोड २० लाख ६ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यसले १९ करोड ६६ लाख ७३ हजार रुपैयाँ नाफा कमाएको थियो । 

यो दोस्रो त्रैमासमा कम्पनीले ९० करोड ४९ लाख ५० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ।  यो गत वर्षको तुलनामा ४.४९% ले धेरै हो । गत वर्ष ८६ करोड ५९ लाख ८२ हजार रुपैयाँमात्र खुद बिमा शुल्क आर्जन भएको थियो ।

कम्पनीले बिमा कोषको आकार पनि ३०.४५% ले वृद्धि गरेर ९५ करोड ७१ लाख ९५ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बिमा कोषमा ७३ करोड ३७ लाख २१ हजार रुपैयाँ थियो । यता, कम्पनीले ७४ करोड ४ लाख २५ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने ७३ करोड ४८ लाख ९३ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको देखिन्छ । 

चुक्ता पुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३४ करोड ८७ लाख ९५ हजार ८५६ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ १ पैसा छ ।
प्रकाशित मिति : Wednesday, February 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal