×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १७.७०% बोनस सेयर डिम्याट खातामै पठाउँदै, नपाउनेले के गर्ने ?

काठमाडौँ – शाइन रेसुंगा डेभलपमेन्ट बैंकले १७.७०% बोनस सेयर सेयरधनीको हितग्राही खातामा पठाउन थालेको छ । असोज १५ गतेसम्म सेयर डिम्याट गरेका सेयरधनीलाई १७.७०% बोनस सेयर जम्मा गरिएको बैंकले जनाएको छ । असोज १५ गतेपछि सेयर अभौतिकराण गराएका सेयरधनीको बोनस पनि क्रमशः जम्मा गरिने भएको छ ।
अहिलेसम्म डिम्याट खाता नखोलेका वा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीले खाता खोली अद्यावधिक गराएपनि मात्र बोनस पाउनेछन् । शाइन रेसुंगाको असोज २८ मा सम्पन्न वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट १७.७०% बोनस र ०.९३% नगद गरी जम्मा १८.६३% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त बोनस हितग्राही खातामा पठाएको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: